arrow

पेचिलो वन्दै बुटवल महोत्सव काण्ड, जैसवालद्वारा पत्रकार सम्मेलन गर्ने तयारी

logo
नारायण वली,
प्रकाशित २०७६ चैत ३ सोमबार
mohotsab1.jpg

रुपन्देही। बुटवलमा गत फागुन २१ गतेदेखि सञ्चालन भएको प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि व्यापार एंव पर्यटन महोत्सवमा साँस्कृतिक कलाकारहरुको भागवन्डाको विषयलाई लिएर गरिएको टेलिफोन वार्ता बाहिरिएपछि त्यसले पछिल्लो समय कस्तो तरंग लिन्छ भन्ने सवैको चासोको विषय बन्न पुगेको छ। विभिन्न सञ्चार माध्यमहरुमा अहिले बाहिरिएको उक्त टेलिफोन वार्तालापको अडियो रेकर्डको विषय सामाजिक सञ्जालमा निकै पेचिलो बन्दै गएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं.५ ले बुटवलमा पहिलो पटक आयोजना गरेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव गरेको थियो।

सोही महोत्सवमा साँस्कृतिक तर्फ जिम्मा लिएका राजविर जैशवाललाई गत फागुन २६ गते राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका पुर्व केन्द्रीय सदस्य नारायण खनाल (लेकालीले) राति फोन गरेर आफु यस ठाउँको स्टाईगर भएको संज्ञा दिदै महोत्सव बन्द नगरेको भए अर्को दिन युवा संघ नेपालका युवाहरुलाई लगेर बलजफ्ती महोत्सव तोडफोड गर्ने योजनामा रहेको सुनाएका थिए। यस्तै महोत्सवका विषयमा राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण खनाल (लेकालीले) प्रदेश नं. ५ सरकार आफ्नो रवैयामा चल्ने संकेत गर्दै आफुले जे भने त्यही हुने उर्दी समेत गरेका छन्। लेकाली र साँस्कृतिक तर्फको जिम्मेवारी लिएका ठेकेदार राजविर जैशवालबीचको टेलिफोन वार्ता बाहिरीएपछि अव उक्त घटनाले कस्तो मोड लिने हो भन्ने सवैको जिज्ञासाको विषय बनेको छ।

यसैबीच यता आफुलाई कांग्रेसका कलाकारहरु मात्रै महोत्सवमा ल्याएर कम्युनिष्टका कलाकारहरुलाई भने नबोलाएको झोकमा सो महोत्सव बन्द गराउन पुगेको दावी गरेका राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण खनाल (लेकालीले) प्रदेशका केही मन्त्रीहरुलाई अपमान गर्दै केही प्रदेशमा कार्यरत व्यक्ति र सभामुखका प्रेस सल्लाहकार समेतलाई उनीहरु भुँईतलामा बस्दै आएको र आफु भने माथिल्लो तलामा बस्दै आएको भनी सम्वोधन गर्दै साँस्कृतिक तर्फको जिम्मेवारी लिएका जैसवाललाई मान्छेलाई चिन्न र आफुलाई सम्मान गर्नुपर्ने जनाएका थिए।

साँस्कृतिक तर्फको जिम्मेवारी लिएका जैसवालका अनुसार पुरा अडियो रेकर्ड ३२ मिनेट २८ सेकेण्डको रहेको बताएका छन्। साथै उने यस विषयको पुष्टि गर्नका लागि मंगलबार पत्रकार सम्मेलनका आयोजना गरी विस्तृत जानकारी गराउने योजनामा रहेको हाम्राकुरा डट कमसंगको कुराकानीमा जनाएका छन्।

के भन्छन् प्रदेश नं. ५ का अध्यक्ष ?
यस्तै यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डे प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण लेकाली पुर्व सदस्य रहेको बताउँदै, बाहिरिएको टेलिफोन वार्तालाप भनिएको शव्दले यदी महोत्सव बन्द भएको हो भने उक्त कदम गलत भएको बताएका छन्। कलाकार भनेको एउटा राष्ट्रको गहना भएको भन्दै उनले कलकारितालाई राजनीतिसंग जोडेर धमिलो बनाउन नहुने तर्क गरेका छन्।

अध्यक्ष पाण्डेले आफु रुपन्देही भन्दा बाहिर भएकाले सो विषयलाई गम्भिर रुपमा बुझेर सत्यतत्थ बाहिर ल्याएर गलत सावित हुनेलाई कारवाही पक्रिया अगाडि बढाईने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ