arrow

कोरोनाका कारण भारतमा क्रिकेट ठप्प, बीसीसीआईको कार्यालय बन्द   

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
bcci.jpeg

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असरका कारण भारतभर सम्पूर्ण क्रिकेटका कार्यक्रम स्थगित भएका छन् । 

कोरोनका कारण सबै खेल स्थगित गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्नो कार्यालय अनिश्चितकालका लागि बन्द गरेको छ । 

मुम्बईमा रहेको बीसीसीआईको मुख्यालयले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि बिदा दिएको हो ।

उसले सबै कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न भनेको छ ।

इन्डियन प्रिमियर लिग आइपीएल समेत नहुने भएपछि भने विश्व क्रिकेटमै ठूलो घाटा लागेको छ । 

आइपीएल सर्वाधिक व्यवसायिक टी–२० क्रिकेट लिग हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ