arrow

कोरोना असरः कतारले २० नेपालीलाई फर्कायो 

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
qatar.jpg

काठमाडौं । कतारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन २० नेपालीलाई नेपाल पठाएको छ । 

सावधानी नअपनाउने २० नेपाली कामदारलाई कतारले नेपालमै पठाइदिएको हो । 

कतारले १८ जनालाई सोमबार र २ जनालाई आइतबार फिर्ता पठाएको हो । 

कतारले कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वारेन्टाइनमा राख्दै आएको छ । 

क्वारेन्टाइनमा रहेका कामदारले सीधै काममा जान पाइने तर खुला स्थानमा बाहिर जाने नपाइने नियम रहेकामा नेपालीहरु भने खुला क्षेत्रमा गएका थिए । 

कतारस्थित नेपाली दूतावासले पनि नेपाली कामदारहरु निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी नेपाल फर्काइएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ