arrow

ओलम्पिक कमिटीको प्रदेश गठन

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
noc-team.jpg

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रादेशिक ओलम्पिक कमिटी गठन गरेको छ । 

जीवनराम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि पोखरामा बसेको एनओसीको पहिलो बोर्ड बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा ओलम्पिक कमिटी गठन गर्दै ईन्चार्ज समेत तोकेको हो ।

बैठकले प्रदेश १ को ईन्चार्जमा पिताम्बर तिम्सिना, प्रदेश २ मा अशोक बज्राचार्य, बाग्मती प्रदेशमा शुनिलकुमार श्रेष्ठ, गण्डकी प्रदेशमा तेज गुरुङ, प्रदेश ५ मा तुलसी थापा, सुदूरपश्चिम प्रदेशमा दिपकहर्ष बज्राचार्य र कर्णाली प्रदेशमा रतन टण्डन तोकिएका छन् । 

प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ