arrow

'मुख नियमित दुईपटक नधोए ६ सय प्रकारका ब्याकटेरिया'

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
mouth-Wash-Lumina.jpg

काठमाडौँ । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट पार्ने सरकारसंग आग्रह गरेको छ ।  

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले यस्तो आग्रह गरेको हो । नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोका मुख मानिएकोले मुखको सफाई गर्न अति आवश्यक रहेको पनि एसोसिएसनको भनाई छ ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले नेपल सरकारले कोरोनाका सन्त्रास हुँदा हात धुने जनचेतना कार्यक्रमको लागि करोडौं रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागि एक रुपैयाँसमेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुईपटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने, मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए ।

रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेकोमा उनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि  स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इ.एन.टी. बिभागमा गरेकोमा सरकारलको दरबन्दीप्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ ।’–उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय निकायमा दन्त परीक्षणको क्लिनीक खोल्नुपर्ने माग गरे ।

त्यसैगरी कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष अमित कुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँतसम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’ दैनिक दुईपटक दाँत माँझेमा ब्याक्टरियाको संक्रमणको मात्रा न्यून हुने उनले स्पष्ट पारे ।

‘हार्ड–ब्रस’ भन्दापनि ‘सफ्ट–ब्रस’ प्रयोग गर्न उनले सुझाएका छन् । उनले एसोसिएसनले यही चैत ५ र ६ गते अनाथालयमा निःशुल्क सेवा, ब्रस र मञ्जन वितरण गर्ने कार्यक्रम राखेको पनि स्पष्ट पारे ।

नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्व ओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा  र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए ।

उनले ओरल हेल्थका रोगका बारेमा प्रकाश पारेका थिए । अहिलेसम्म एसोसिएसनले गरेका कामहरु खासगरी जनताको तहमा गरेका कामहरुको बारेमा समेत उनले प्रकाश पारेका थिए ।

एसोसिएसनले स्वास्थ्य विभागअन्तर्गतको नाक, कान, घाँटी, दाँत, मुख विभागले एकलौटी रुपमा एक समूहको मात्र नीति कार्यान्वयनतर्फ उन्मुख भएको आरोप लगाएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उक्त विभागबाट विनियोजित दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेटसमेत सही तरिकाले उपयोग नभएकोप्रति यस एसोसिएसनको तर्फबाट आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै राज्यबाट विनियोजित रकमको सही सदूपयोगको निमित्त हार्दिक अपिल गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ