arrow

अभिनेता दम्पत्ति कोरोना मुक्त

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
tom.JPG

काठमाडौं । हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्स  डिस्चार्ज भएका छन् । कोरोना भाइरस सङ्क्रमण देखिएका उनलाई अस्ट्रेलियाको अस्पतालले डिस्चार्ज गरेको छ।

 ओस्कर विजेता रहेका अभिनेता ह्याङ्क्स्‌ आफू र आफ्नी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको बताएका थिए । ६३ वर्षीय अभिनेताले आफ्नो इन्स्टाग्राममा सो कुराको खुलासा गरेका थिए ।   

ह्याङ्क्स्‌ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएका थिए । दुवैजना अस्ट्रेलियाको अस्पतालले‘शेल्फ क्वारेन्टान’मा अलग्गै बस्ने व्यवस्था मिलाएकव थियो।

ह्याङ्क्स्‌ले लेखेका थिए: "हामीले रुघाखोकी लागेजस्तो अलि थकित महसुस गरेका थियौँ, र हाम्रो जिउ पनि दुखेको थियो। रिटलाई चिसो लागेको थियो र थोरै ज्वरो पनि थियो।अहिले विश्वमा आवश्यक देखिएजस्तो हामी समय अनुसार चल्न खोज्यौँ र कोरोना भाइरसको परीक्षण गरायौँ, र हो रहेछ भन्ने देखियो। "

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् ।त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ ।

कूल मृत्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ