arrow

विद्युतीय हाजिरको स्थानमा फेस स्क्यानरको व्यवस्था गर्न निजामती कर्मचारीको माग

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
face-scaner1.jpg

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण विद्युतीय हाजिर नगर्न विभिन्न निकायहरुले अनुरोध गरिरहेको समय नेपाल निजामती कर्मचारी युनियन (संघ)ले विद्युतिय हाजिरीको स्थानमा कार्ड वा फेस स्क्यानर हाजिरीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

छिमेकी मित्र राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपाल उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनबाट व्यक्त धारणा र नेपाल सरकारले समेत संक्रमणबाट जोगिन सचेतना अपनाउने भन्ने परिपत्र अनुरुप संघले यस्तो माग गरिएको हो ।

नेपाल सरकारका कार्यालय लगायत अन्य नागरिक सरोकारका निजी कार्यालयमा समेत विद्युतिय हाजिरी यन्त्र  औँला राखेर गरिन्छ । धेरै जनाको हातले ई–हाजिरमा थिच्दासमेत सङ्क्रमणको त्रास हुने हुँदा त्यस्तो माग गरिएको संघका उपमहासचिब  दुर्गाप्रसाद फुयालले बताए ।

त्यसलाई परिमार्जन गरी स्मार्ट डिजिटल जुन हातले नछोई र कार्ड वा अनुहार-आँखा  देखाएर मात्रै हुने कार्ड वा फेस स्क्यानर हाजिरीको व्यवस्था गर्न वा कुनै अस्थायी रुपमा बैकल्पिक व्यवस्था गर्न समेत नेपाल सरकारसँग संघको माग छ ।

सिंहदरबार जस्तै बढि भिडभाड हुने स्थान, कार्यालयहरुमा स्वस्थ्य सचेतनाका लागि सेनिटाइजरसहितको व्यवस्था र जाँच केन्द्र समेत राखि नागरिकालाई समेत विश्वस्त पार्न सरकारलाई अनुरोध गरिएको छ ।

राष्ट्रिय रुपमा हुन सक्ने जोखिम र संक्रमण नहुँदै पुर्‍याउनु पर्ने सचेतनामा सबैले आ–आफ्नो तर्फबाट ध्यान पुर्‍याउन उनले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ