- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर। जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नवलपुर जिल्ला अदालत कावासोतीमा कार्यरत कर्मचारीद्धारा नगद ४५ हजार ५ सय रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन्।
मंगलवार रंगशाला परिसरमा उपस्थित कर्मचारीहरूद्धारा उक्त सहयोग रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेका हुन् ।
अदालतमा कार्यरत कर्मचारीद्धारा मासिक खाजा खर्च बापतको रकमलाई बचत गर्दे सामाजिक सेवामा सहयोग गर्ने बाचा अनुरूप उक्त सहयोग रङ्गशालालाई प्रदान गरेको सन्तोष सिग्देलले बताए ।
धुर्मुस सुन्तली फाउण्डेशनले अदालतका कर्मचारीद्धारा गरिएको सहयोगलाई फेसबुक पेज मार्फत तस्बिर तथा भिडियो अपलोड गर्दे धन्यवाद ज्ञापन गरेका थिए ।
जनस्तरबाट निर्माण हुन लागेको यस गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा जोडिन चाहनेहरूका लागि फाउण्डेशनले निम्न नम्बरहरूमा ०१–४४८२९७१, ९८४१२२९९१२, ९८०३४७२४७६ ,९८५५०५४३४१ सम्पर्क गर्न आग्रह समेत गरेको छ।