arrow

कोरोना : तुलसीपुरका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सक

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
see1.jpg

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका सबै एसइइ केन्द्रमा हेल्थ डेस्क र चिकित्सकको व्यवस्था गर्ने भएको छ । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखाले १३ वटा परीक्षा केन्द्रमा यस्तो व्यवस्था गर्न लागेको हो । ‘कोरोना भाइरसको सन्त्रास विना विद्यार्थीले सहजै परीक्षा दिन सकुन भनेर यस्तो गरिएको हो ’ नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले सबै विद्यार्थीलाई मास्क लगाउनका लागि प्रेरित गर्न सकेन आव्ह्वान गरे ।

परीक्षा केन्द्रमा विद्यार्थीमा सन्त्रास फैलने गरी भन्दा पनि आवश्यकता अनुसार चेकजाँच गरिने पनि उनले जानकारी दिए । ‘कोही त्यस्तो शंकास्पद भयो भने मात्रै चेकजाँच गरेर अलग्गै वस्ने व्यवस्था गरिने छ’ उनले वताए ।

उपमहानगरपालिका अन्तर्गत विपद व्यवस्थापन समितिको वैठकमा वोल्दै नगरप्रमुख पाण्डेले हरेक वडामा कोरोनाको संक्रमणका वारेर पूर्व सतर्कता अपनाउनका लागि ३ दिन भित्र वैठक वसेर विभिन्न कार्यक्रम अगाडि वढाउनका लागि निर्देशन समेत दिएका छन् । ‘कुनै एक पक्षले मात्रै भन्दा पनि सबै पक्ष मिलेर यसको पूर्व सतर्कता अपनाउन सकिन्छ ’ नगरप्रमुख पाण्डेको वताए ।

उनले मास्कको अभाव हुन नदिनका लागि स्थानीय रुपमा उत्पादनका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत वताए । उनले भिडभाड हुने खालका कार्यक्रममा रोक लगाएको समेत जानकारी दिए ।

उपप्रमुख माया शर्माले गाउँगाउँमा हेल्प डेस्क स्थापनाका लागि स्वास्थ्य शाखाले पहल गर्नुपर्ने कुरामा जोड दिइन् । स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानले भारत आउने नाँका अमिलिया र टरिगाउँ विमानस्थलमा चेकजाँच सुरु गरेको जानकारी गराए । उनले कोरोनासँगै अन्य प्रकोपका वारेमा पनि स्वास्थ्य शाखाले तयारी गरेको कुरामा जोड दिए ।

नेपाल रेडक्रस दाङ्गका अध्यक्ष नारायणकुमार आचार्यले कोरोना भाइरसका वारेमा सबैमा सचेतना फैलाउन आवश्यक रहेको वताए । उनले आइसोलेसन वार्ड सञ्चालनका लागि पनि तत्काल काम अगाडि वढाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा तुलसीपुरले तयार पारेको विपद् जोखिम नक्सांकन सम्वन्धि पुस्तिकाका वारेमा समेत छलफल गरिएको थियो । वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले सबै वडामा विपद् जोखिमका वारेमा नक्सांकन गरिएको जानकारी गराए । शिक्षा महाशाखाका शाखा अधिकृत चक्र भण्डारीले उपमहानगरपालिका भित्रका विद्यालयमा एकैपटक नतिजा प्रकाशन नगरेर कक्षागत रुपमा गर्नका लागि निर्देश गरेको वताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ