arrow

नेविसंघद्वारा १४ वर्षदेखि सञ्चाल गरेको कोचिङ कक्षा, १० हजार विद्यार्थी भए सहभागी

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
nsu-coaching.jpg

दोलखा । नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले बर्षेनी सञ्चालन गर्दै आएको एसइइ कोचिङ कक्षा अन्तगर्गत यस वर्षको नि:शुल्क कोचिङ समापन भएको छ । १० वर्षे सशस्त्र द्धन्दका बेला तत्कालिन माओवादीले तरुण दल जिरिका नेता हेमन्त प्रधानको निर्मम पूर्वक हत्या गरेपछि उनको सम्झनामा नेविसंघले वर्षेनी कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।
 
नि:शुल्क एसइइ कोचिङ कक्षा विशेष गरी आर्थिक स्थिति कमजोर, गरिव जेहेन्दा भएका विद्यार्थीहरुका लागि लक्षीत रहेको छ । अंग्रेजी, गणित र विज्ञानको पढाइ हुने यस वर्षको नि:शुल्क कोचिङमा एक सय २० जना विद्यार्थी सहभागी थिए ।

२०६२ सालदेखि निरन्तर १४ वर्षसम्म सञ्चाल हुँदै आएको कोचिङ कक्षामा यो वर्षसम्म १० हजार विद्यार्थीले सहभागी जनाइसकेको नेविसंघ दोलखाले जनाएको छ । कोचिङ कक्षाको समापन कार्यक्रममा नि:शुल्क एसइइ कोचिङ कक्षाका शिक्षक र विद्यार्थी नेताहरुलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा कांग्रेस दोलखाका नेताहरु इश्वर नारायण मानन्धर, राकेश श्रेष्ठ, बाबुकाजी बस्नेत, बालकृष्ण आचार्य, गिता शिवाकोटी, दीपशंकर चौलागाइ, राजन बस्नेत, राजेन्द्र श्रेष्ठ, शेरफ मोक्तान लगाएतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ