arrow

सिण्डिकेट विरुद्ध सुपारी ब्यवसायी आन्दोलित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
305342655.jpeg
काठमाडौ । उद्योग बाणिज्य महासंघले ठूलो आर्थिक चलखेलमा सिण्डिकेट लगाएको भन्दै सुपारी उत्पादक किसानहरुले आन्दोलनको घोषणा गरेका छन ।  राष्ट्रिय सुपारी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापा, मेची सुपारी तथा फलफुल विकास सस्था झापा र फेयर नेपाल मोरङले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका हुन । 

घोषित आन्दोलनका कार्यक्रममा मंसिर २ गतेसम्म सेण्डिकेट हटाएर किसानलाई सहज सुपारी निर्यातको बातावरण नबनाए एक सातासम्म रिले अनसन सहित उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिने र त्यसपछि पनि आफूहरुको मागमा सुनवाई नगरिए मंसिर ८ गते कार्यालय परिषरमै आमरण अनसन गर्ने लगायतको रहेको छ ।

सुपारी किसानहरुले  गतवर्ष नै महासंघले सेण्डिकेट तोडेर निकासीमा सहज बनाउने लिखित प्रतिबद्धता ब्यक्त गरे पनि यस पटक पनि अन्य चार सस्था निकासीको लागि तयार रहँदा रहँदै फेरि पुरानै प्रबृत्ति दोहर्याएर नेपाल सुपारी विकास सस्थालाई मात्र दिदा बाँकी किसानहरुको ९ हजार ७ सय ७२ मेट्रिक टन सुपाडी कुहिने अवस्थामा पुगेकोले आन्दोलनमा उत्रन बाध्य भएको स्पष्ट पारेका छन । 

पत्रकार सम्मेलनमा  राष्ट्रिय सुपारी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापाका अध्यक्ष विष्णु शिवाकोटीले अख्तियार र सर्वोच्च अदालतको आदेश विपरित महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु भवानी राणा, दिनेश श्रेष्ठ र पूर्व अध्यक्ष चण्डीराज ढकालसहितकाले ठूलो आर्थिक प्रलोभनमा कार्यसमितिको बैठक नै नबोलाई एउटा सस्थालाई मात्र निकासीको अनुमतिपत्र दिएको आरोप लगाए । 

उनले सूचनाको हक अन्र्तगत महासंघको निर्णयको प्रतिलिपी पाउ भनि निवेदन दिदा समेत निर्णय नदिएको गुनासो गर्दै यो काण्डमा साढे नौ करोडको आर्थिक चलखेल भएको आफूले सुनेको बताए । 

पत्रकार सम्मेलनमा मेची सुपारी तथा फलफुल विकास सस्था झापाका अध्यक्ष खड्गप्रसाद दाहालले किसानको उत्पादन कुहिने बातावरण बनाएर त्यसको ठाँउमा सुपारी तस्करी गर्ने योजना स्वरुप यस्तो काम भएको भन्दै महासंघले बास्तविक किसान र उत्पादक भन्दा पनि तस्करको सस्थाको रुपमा काम गरिरहेको आरोप लगाए । 

सुपारी किसानहरुको आन्दोलनमा नेपाल सुपारी उत्पादन तथा ब्यवसायी संघ झापा, नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्रले समेत एक्यबद्धता प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ