arrow

सेलपे ल्यायो '२०२० एस २०' अफर  योजना

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
cell-pay-mnemonic.jpg

काठमाडौं। अनलाइन भुक्तानी सेवा सेलपे ग्राहकका लागि  '२०२० एस २०' अफर योजना सुरु गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले सामसुङ्गको ग्यालेक्सी एस २० मोवाइल जित्न सक्ने बताएको छ। यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ।

यस योजनामा सामेल हुन सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैयाँ को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, ट्रान्सफर गरेर लक्की ड्रमा सामेल हुन सक्नेछन्। यसरी ट्रान्फर भएपछि प्राप्त हुने कोड नं लक्की ड्रको लागि छनोट हुनेछ। सोही कोडहरुबाट लक्की ड्र समावेश गरी एक भाग्यशाली ग्राहकले सामसुङ्गको ग्यालेक्सी एस २० मोवाइल जित्न सक्ने मौका पाउने जनाइएको छ।

यसको साथै ७ जना भाग्यशाली ग्राहकहरुले हरेक हप्ता विभिन्न उपहारहरु पाउने समेत बताइएको छ। यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु बताइएको छ। जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम २० रुपैयाँ को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट आदीको कारोवार गरी यस योजनामा सहभागी हुन पाउने बताइएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ