arrow

राष्ट्रिय सभाको बैठक नबस्ने

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
upper-house1.jpg

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।  शुक्रबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विषेश कारणवश रोकिएको हो । अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको संघीय संसदको कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सभा (पहिलो संशोधन सहित) नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले अर्को सूचना जारी गर्ने छन् ।

संघीय संसद
राष्ट्रिय सभा
सूचनापत्र-४

२०७६ साल चैत ७ गते शुक्रबार

आज मिति २०७६ साल चैत ७ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विषेश कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा (पहिलो संशोधन सहित) नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचना नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन
गरिएको छ।


(गोपालनाथ योगी)
संघीय संसदको कार्यवाहक महासचिव

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ