arrow

साउदी र रुसी तेल युद्धमा को होला पहिलो प्रभावित ?

logo
टिम डाईएस,
प्रकाशित २०७६ चैत ८ शनिबार
bin-salman-putin.jpg

डीए नांग। २०२०को शुरुआती दिनमा सबैभन्दा तीव्र, हानिकारक र दूरगामी तेल मूल्यको युद्धलाई कोभिड-१९ महामारीले झन मलजल गरेको छ। जसले विश्वव्यापी रुपमा ईन्धनको मागलाई अपाङ्ग बनाउने निश्चित प्राय देखिन्छ।

रसिया र साउदी अरेबिया, विश्वको दोस्रो र तेस्रो ठूलो तेल उत्पादक राष्ट्रहरू हुन्। विश्वका शीर्ष तेल निर्यातकर्ताहरू समेत रहेका रसिया र साउदी गत हप्ता भाइरसबाट ग्रस्त मागको बीचमा तेल आपूर्तिलाई कसरी सीमित गर्ने भन्ने विषयमा भएको छलफलमा ओपेक प्लस मुलुकहरुबीच हुने सम्झौता गर्नबाट चुकेका छन्।

यी दुई प्रतिद्वन्द्वीहरूले तेल बजारसँगै विश्वव्यापी अर्थतन्त्रलाई सहयोग गर्ने योजनामा सहमति जनाउनुको सट्टा वैश्विक इक्विटी बजारमा देखिएको समस्यालाई पनि जोड दिएका छन् किनकि बजारको प्रायः प्रमुख सूचकाङ्कलाई तेलको मूल्यले नै निर्धारण गर्दछ।

ब्रेन्ट क्रूड ग्लोबल तेलको बेन्चमार्क सोमबार चार बर्षको न्यून स्तर अंकित भइ प्रति ब्यारेल दायरामा ३० अमेरिकी डलरमा कारोबार गर्दै थियो। तर मार्च १७मा त्यसमा ५ प्रतिशतले गिरावट भई २८.६० अमेरिकी डलरमा झरेको छ। यस बीचमा अमेरिकी तेल बेन्चमार्क टेक्सास वेस्ट इन्टिमिडिएट (डबल्यूटिआई) ६.५ प्रतिशतले गिरावट भई मंगलवार प्रति ब्यारेल २६.८० अमेरिकी डलरमा झर्‍यो।

दुबै मूल्य बिन्दुले मध्य पूर्व, यूरोप, रसिया र संयुक्त राज्य अमेरिकाका शेल तेल (एक अपारम्परिक तेल हो, पाइलोलिसिस, हाइड्रोजेनेसन, वा थर्मलका टुक्राहरूबाट उत्पादित गरिन्छ) उत्पादकहरु सहित तेल उत्पादकहरुलाई ठूलो अतिरिक्त क्षति हुनेछ।

साउदी अरेबियाले मार्च ६ मा पहिलो प्रहार गर्‍यो जब अरेवियाले विशाल तेल उत्पादनको धरै उत्पादन गर्ने ढोका खोल्ने घोषणा गर्‍यो। साउदीले प्रति दिन १० मिलियन ब्यारेल (बीपीडी)भन्दा बढि १२ मिलियन बीपीडी उत्पादन गरिरहेको छ र सम्भवत १३ मिलियन बीपीडीसम्म बढाउने छ र जसले विश्वव्यापी बजार साझेदारीलाई बढावा दिन्छ। 

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) अनुसार २०१९मा कुल विश्व तेल उत्पादन ८०.६० मिलियन बीपीडी थियो। यो हासिल गर्नका लागि साउदीले यसको विशाल अतिरिक्त उत्पादन क्षमता उपयोग गर्दछ, जुन विश्वमा सबभन्दा ठूलो हो। साउदी अरेबियाले पनि आफ्ना धेरै विद्यमान ग्राहकहरुलाई छूट प्रदान गर्‍यो, साथै विश्वव्यापी तेलको मूल्यमा भारी गिरावट आएको हो।

रसियाले आफ्नो उत्पादनलाई बढाएर प्रतिस्पर्धीको अनुसरण गरेको छ। गत हप्ता ऊर्जामन्त्री अलेक्ज्याण्डर नोवाकले भनेका थिए, 'रूसले ५ लाख बीपीडी उत्पादन बढाउन सक्ने क्षमता छ।' दुबै पक्षको दावी छ, उनीहरू तेल मुल्यको लडाईमा लामो समयसम्म खेप्न सक्ने अवस्थामा छन्। यि दुई ठूला तेल निर्यातकर्ताहरुको लडाईमा कोभिड-१९ प्रकोपको प्रभावले एउटा रेकर्ड ब्रेकिङ्ग तेल मागमा संकुचन आउने सम्भावना पछि छ।

तेल हेज कोष अण्डुरान्ड क्यापिटल म्यानेजमेन्ट एलएलपीका प्रमुख पियरे एन्डुरान्डका अनुसार, 'यस त्रैमासिक र यसभन्दा पछाडि बढीमा १० मिलयन बीपीडीको माग बढन सक्ने छ।' उद्योग विश्लेषकहरू भन्छन, 'आपूर्तिकर्ता र मागकर्ता दुबैको एक सही तेल बजारका लागि तूफानको अवस्था सिर्जना गर्दैछ।'

त्यसोभए कसले पहिले अग्रसर लिन्छ त ? तत्काल यो स्पष्ट छैन कि साउदी अरव वा रुस लामो समयसम्म तेलको मूल्य युद्ध बनाइराख्न राम्रो अवस्थामा छ कि छैन्। पहिलो हेराइमा यो प्रस्ट हुन्छ कि, रियादले मस्को भन्दा लामो समय लिन सक्दछ किनकि साउदी विश्वमा सबैभन्दा कम लागतमा तेल उत्पादन गर्ने मुलुक हो। साउदीलाई एक ब्यारल तेल उत्पादन गर्न १० अमेरिकी डलर प्रति व्यारल भन्दा कम लागत लाग्छ।

यो समयमा, साउदी अरेबियासँग सबैभन्दा बढी वैश्विक राजकोषीय विराम बिन्दु पनि छ। राष्ट्रीय पुस्तहरुको सन्तुलित गर्नका लागि आवश्यक मूल्य लगभग ८० अमेरिकी डलर प्रति ब्यारल रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यो आकारलाई मध्य ८० अमेरिकी डलरको बीचमा राखेको छ।

२०१५ र २०१६मा जब संसारभर तेलको मुल्यमा गिरावट भयो अझ २०१६ मा ३० अमेरिकी डलर तलसम्म झर्‍यो। त्यसपश्चात साउदी अरेबिया राजनीतिक रुपमा अलोकप्रिय भयो। त्यस संकटबाट निकाल्न नयाँ उपायहरु खोजी गरियो। जसमा साउदीलाई वित्तीय रुपमा सवल बनाइ राख्नका लागि अन्तर्राष्ट्रिय डलर बन्डबाट रकम जुटाउन बाध्य पारियो।

यस्तै उत्पादनको हकमा रसियालाई धेरै उच्च लागत लाग्छ। जुन २० देखि ४० अमेरिकी डलर प्रति ब्यारलको बीचमा कतै हुन सक्ने विभिन्न विश्लेषणात्मक आँकलनहरु छन्।

रसियाको लागि फाइदा भनेको देशको लचिलो वित्तीय कर योजना हो। गत वर्ष, जब ६० अमेरिकी डलरको बीचमा तेलको मूल्य औसत थियो। सरकारले रूसी उत्पादकहरूको लागि अधिक मात्रामा खर्चको ब्यवस्था गरेको थियो।

ब्लूमबर्ग गणनाले देखाए अनुसार, रुसी उत्पादकहरूले निकासी कर र निर्यात शुल्कमा राज्यलाई प्रति ब्यारेल ३४ देखि ४२ अमेरिकी डलरको बीचमा भुक्तान गर्नुपर्छ। जे होस्, जब तेलको मूल्य घट्छ तव रूसको कर प्रणाली अन्तर्गत उनीहरुको साथसाथै करहरू पनि खसालिन्छन्।

रसियाको ५० अमेरिकी डलर प्रति ब्यारलको आसपास बार्षिक वित्तीय ब्रेकिङ्ग मूल्य बिन्दु छ। यद्यपि एक मिडिया रिपोर्टको आधारमा भन्ने हो भने रुसमा ४० अमेरिकी डलरमा भन्दा पनि कम दर छ।

बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी रेमंड जेम्स एण्ड एसोसिएट्सका तेल बजार विश्लेषक पाभेल मोल्चनोभले गत हप्ता सीएनबीसीलाई भनेका थिए, 'यदी तेलको मूल्य लामो समयसम्म ३० अमेरिकी डलर सम्म रह्यो भने साउदीको अर्थव्यवस्था भत्किन्छ।

साउदीको दुविधामा थप्दै, विश्लेषकले भने, साउदीको अरामको अब सार्वजनिक कम्पनीमा रुपान्तरण भइसक्यो, यसको मतलब अब आक्रामक शेयरधनीहरुलाई पनि जवाफ दिनुपर्दछ।

“प्राय लगानीकर्ताहरू रहेका साउदी नागरिकहरू जसले गत डिसेम्बरमा साउदी अरामकोको आईपीओ किनेका थिए, अझै घाटामा बसिरहेका छन्। यसले (साउदी क्राउन प्रिन्स) मोहम्मद बिन सलमानलाई ठूलो दबाब दिन्छ,” उनले भने।

बिन सलमान, जसलाई धेरै जसो एमबीएसको रुपमा चिनिन्छ। तेल उत्पादक युद्ध खोल्नका लागि वचन दिएर रुसको साथ तेल मूल्य युद्ध शुरु गर्नेको श्रेय पनि सलमानलाई दिने गरिन्छ।

साउदी अरामकोका प्रमुख कार्यकारी अमीन नासेरले मार्च १६ मा घमण्ड गर्दै भने,'साउदीको अरामकोले विश्वव्यापी आपूर्तिको स्तर बढाउनका लागि तेल पम्प गरिरहने छ।' उनको थपे, 'कम्पनीले ३० अमेरिकी डलरमा एकदमै सहज रुपमा उत्पादन गर्न सक्छ।'

'रूस, यद्यपि, यति कम मुल्यमा लामो समय सम्म रहन सक्दैन,'मोल्चानोभले भने। उनले एउटा परिदृश्यतिर इशारा गर्दै भने जहाँ अप्रिल २० पछि रूस सम्भवत प्रस्तावित कानुन परिवर्तनको सम्बन्धमा जनमत संग्रह गर्नेछ त्यसले रूसी राष्ट्रपति भ्लादिमीर पुतिनलाई वर्तमान कानुनी रूपमा अनिवार्य अवधिको सीमा बाहिर आफ्नो शासन विस्तार गर्न अनुमति दिन्छ।

"एकपटक उति सकेपछि उनी विदेश नीति लगायतमा लचिलोपन देखाउने स्थितिमा हुनेछन्," मोल्चनोभले भने। “त्यतिन्जेल, कुनै बाटो छैन। त्यहाँ निकै राष्ट्रवादी ज्वरो आएको छ र उसलाई अझै स्ट्रोक भइरहेको छ। ”

रूसी मिडिया रिपोर्टहरू मूल्य युद्धको सामना गर्न मस्कोको क्षमतामा मिश्रित प्रतिवेदन सार्वजनिक गर्देछन्। कसै-कसैले बेवास्ता गरेका छन् कि रूसले छ देखि दश वर्षसम्म कम मूल्यको वातावरणको सामना गर्न सक्छ।

मार्च १६ मा एक मस्को टाइम्सको रिपोर्टले भन्यो,'साउदी अरेबियासँगको निरन्तर मूल्य युद्ध रुसको लागि राम्रो हुने छैन। २०२० मा राष्ट्रिय कूल घरेलू उत्पादन (जीडीपी) बढ्न सक्ने सम्भावना छ।'

यसैबीच, मूल्यको युद्धले अमेरिकाको शेल तेल उद्योगलाई तहसनहस पारेको छ। अधिकांश शेल तेल उत्पादकहरूले उत्पादनप्रति ब्रेक-ईवन पोइन्ट मध्य ३० अमेरिकी डलर देखि मध्य ४० अमेरिकी डलर प्रति ब्यारेल राख्छन्। जुन क्षेत्र र उनीहरूले चलाउने प्रकृयामा निर्भर गर्दछ।

धेरै स्वतन्त्र र सानादेखि मध्यम आकारका शेल उत्पादकहरूले तेल युद्ध हुनु अघि नै ब्यालेन्स शीटको समस्या भोगिरहेका थिए र निराश लगानीकर्ताहरूले लागत घटाउन, प्रस्ताव वा सुरक्षित लाभांश र आफ्नो वित्तीय स्थिरिकरणका लागि आह्वान गरिरहेका थिए।

धेरै शेल उत्पादकहरूले आफ्नो २०२० को बार्षिक बजेटलाई ५५ अमेरिकी डलरदेखि ६५ अमेरिकी डलर प्रति ब्यारलकोबीच तेलको मुल्य आधारमा निर्धारण गरेका छन्। अव यो अवस्थामा उनीहरुले नयाँ विकल्पमा काम शुरु गरिसकेका छन्। बजारमा जीवितै रहनको लागि भने आफ्नो खर्च घटाउन तथा कर्मचारीहरु हटाउन शुरु गरिसकेका छन्। किनकि अव धेरै छिटो तेल बजार सकारात्मक अवस्थामा आउने सम्भावना कम छ। ऐशियन टाईम्सबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ