arrow

कोरोनाबारे डा. केदारनरसिंह केसीको सुझाव : भयभित नबनौं, आवश्यक तयारी गरौं, सुरक्षित र सतर्क रहौं

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
kedar-narsingh-kc.jpg

काठमाडौं। विगत केहि महिना देखि नोवेल कोरोना भाइरसको (COVID-19) संक्रमण फैलिई विश्वका धेरै देशहरुमा मानवीय क्षति हुने क्रम बढ्दै गईरहेकोमा सबैमा विदितै छ । हालसम्म विश्वमा कोरोना भाइरसका केशहरु २७५,८६४ मध्ये मृत्यु हुनेको संख्या ११,३९८ तथा उपचार प्राप्त गरी निको भएको संख्या ९१,९१२ रहेको छ । त्यस्तै गरी हालसम्म संक्रमणबाट प्रभावित भएको संख्या १७२,५५४ रहेको छ भने १६४,७८९ मध्यम अवस्थामा रहेका छन् भने ७,७६५ अत्यन्तै जटिल अवस्थामा रहेका छन् । 

विश्व स्वास्थ्य संगठनले महामारीको (Pandemic) घोषणा गरि सकेको र उक्त कोरोना भाइरसको संक्रमणबाट नेपाल लगायतका अन्य देशहरुलाई उच्च जोखिममा राखिसकेको विद्यमान अवस्थालाई नेपाल सरकारले गम्भिर रुपमा लिदै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप पहिलो सम्र्पकमा रहने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा तालिमको व्यवस्था गरि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न ढिला गर्नु हुँदैन। त्यसका साथै जोखिम पूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबो बिमा र अतिरिक्त सेवा सुविधा उपलब्ध गराई उनीहरुको मनोबललाई उच्च राख्नु अत्यन्त आवश्यक छ । यसमा नेपाल सरकारले आवश्यक पहल गर्नु नै पर्दछ। 

साथै देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सुरक्षाका निम्ती Advance Personal Protective Equipment(APPE)प्रर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने र यस रोगबाट हुने मृत्युदर (Mortality) तुलनात्मक रुपमा कम हुने भएकोले रोग लागिहालेमा आत्तिईहाल्नु पर्ने अवस्था नभएता पनि रोगको प्रशारण दर (Transmission Rate) तीव्र हुने भएकोले आवश्यक सावधानी सहित सतर्कता अपनाउनु अत्यन्त जरुरी छ।

सकेसम्म मास्क, सेनिटाइजर आदिको नियमित प्रयोग गरौं । यी बस्तुहरु आवश्यकता भन्दा बढी संग्रह नगरौं। स्मरणरहोस कि आफू सुरक्षित रहन आफ्ना वरिपरिका मानिसहरु पनि सुरक्षित रहनु उत्तिकै महत्वपूर्ण हुन्छ। Self-Quarantine र Social Distancing यो रोगको थप प्रशारण हुन नदिने महत्वपूर्ण उपायहरु भएको हुनाले सबैले त्यसलाई पालना गर्न समेत आग्रह गर्दछु।

अन्तराष्ट्रिय एवं राष्ट्रिय संकटको यो चिन्ताजनक अवस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, सम्पूर्ण बुद्धिजिवी, नागरिक समाज, पत्रकार तथा सर्व साधारण नागरिकहरुले आ आफ्नो क्षेत्रबाट आफूसक्दो नेपाल सरकारलाई हर तह र तप्काबाट सहयोग गर्न समेम सबैमा हार्दिक अपिल गर्दछु। -डा. केसी, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष हुन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ