- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसका कारण स्पेनिश क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार ज्यान गएको हो ।
उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।
सान्जको मृत्युबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेर जानकारी दिएका हुन् ।