arrow

अमेरिकामा रहेका नेपालीलाई चामल, दाल र नून सहयोग, अभियान –‘कठिन घडीमा सहयोग गरौं’

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
90396835_2994454410604772_3.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा ३४० जनाको मृत्यु भएको छ। २६ हजार ७४७ जना संक्रमित रहेका छन्। 

कोरोनाले अमेरिकी जनजीवन अस्तव्यस्त हुँदा अमेरिकामा रहेका नेपालीको दैनिकी समेत अस्तव्यस्त भएको छ।

यसैबिच दैनिक काम नगरी गुजारा चलाउन कठिन हुने नेपालीलाई भनेर सहयोग अभियान ल्याइएको छ। न्यून आय भएका र विशेषगरी विद्यार्थीलाई चामल, दाल र नून वितरणको अभियान ल्याइएको हो।

‘कठिन घडीमा सहयोग गरौं’ भन्ने अभियान चलाउँदै सहयोग गरिएको नेपाली काँग्रेसका नेतासमेत रहेका हरिबोल भण्डारीले हाम्राकुरालाई जानकारी दिए।

परदेशको दैनिकी दिन प्रतिदिन कठिन बन्दै गइरहेको अवस्थालाई मध्यनजर राख्दै नेपाली जनसम्पर्क समिति, वेष्ट टेक्सासले त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका विद्यार्थीहरु एवं समुदाय सदस्यहरुलाई आवश्यकता परेमा सहयोग स्वरुप चामल, दाल र नुन उपलब्ध गराउने भण्डारीले बताए।

तत्काल सय बोरा चामल, दाल र नुन किनेर राखिएको जानकारी दिदै भण्डारीले आवश्यक परेका व्यक्तिलाई घरसम्मै पुर्याइने बताए। उनले अन्य संघ संस्था र व्यक्तिहरु पनि आ आफ्नो ठाउँमा लाग्ने विश्वास व्यक्त गरे।

यसका लागि सम्पर्क व्यक्तिहरुको नाम र सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ। 

प्रबिण घिमिरे –७०३८७०९४२३, रामराज पोखरेल – ५१०३६३६९५३, बिजयमान श्रेष्ठ– ५१०६००९९३८, प्रेम पाठक– ६८२५५४८६९२, राजु लामा– ५१०९३५३०१८, हरि ढकाल– ५१०६०४९०७६, केदार तिमिल्सिना–२१४४१५७३२२, नारायण अधिकारी– ६८२९९९५३९१ र अमृत कट्टेल – २१४७०८२३११ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ