arrow

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठकद्धारा समीक्षा

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
cabinet-meeting-corona.jpg

काठमाडौं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद्को बैठक भएको छ । 

बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा भएको जनाइएको  छ । 

बैठकमा छिमेकी मुलुकसँगका विभिन्न सीमा नाका केही समयमा लागि बन्द गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । 

सामान्यतः मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक हुँदै आएकामा जरुरी महत्वका विषय भएकाले आइतबारै सार्वजनिक गरिने भएको छ । 

गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकअघि प्रधानमन्त्री ओलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ