arrow

कोरोना भाइरसः ढुवानी सेवा सञ्चालन गर्न आग्रह

logo
प्रकाशित २०७६ चैत १० सोमबार
truck.jpg

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।  

महासङ्घले एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो । 

गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो । 

महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले कोरोना भाइरसको सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै  महासङ्घले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए ।

 “ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढङ्गले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौँ”, उनले भने । महासङ्घले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ । 

राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासङ्घ तल्लीन रहेको महासङ्घले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ