arrow

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डाटा प्याक

logo
प्रकाशित २०७६ चैत १० सोमबार
nepal-telecom-building.jpg

काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न डाटा प्याकलाई सस्ता डाटा प्याकमा परिणत गरेको छ। टेलिकमले डाटा प्याक सकिएर चिन्तित भएको भए चिन्तित नहुन आग्रह गर्दै आफूले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिने बताएको छ।

टेलिकमले दिएको सस्तो डाटा प्याक अनुसार वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिने छ। २० रुपैयाँमै यो प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ। यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने पनि टेलिकमले जनाएको छ।

यसका लागि सिधै *१४१५*८# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ। त्यसैगरी यो प्याक लिनका लागि FDPACK १४१५ मा एसएमएस गर्न पनि सकिने टेलिकमले जनाएको छ।

‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ। त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी हुने पनि टेलिकमको दावी छ।  

एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *१४१५*३#  मा र ७ रातका लागि लिन *१४१५*३#२ मा डायल गर्नुपर्ने दिशा निर्देश टेलिकमले गरेको छ। त्यसैगरी एक दिनको प्याकका लागि NUNLर ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको वेबसाइट ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिने साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ