arrow

व्यापार व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघको आह्वान

logo
शरद रेग्मी,
प्रकाशित २०७६ चैत १० सोमबार
tulsipur1.jpg

तुलसीपुर। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन तुलसीपुर उद्योग वाणिज्यसंघले अत्यावस्यकसेवा वाहेकका सवै व्यवसाय बन्द गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेको छ । संघको सोमवार हेल्प डेस्क व्यावस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा बसेको आकस्मीक बैठकले आगामि २१ गतेसम्मकालागी खाद्धान्न सामाग्रि, औषधि पशल, पेट्रोलियम पदार्थ डेरी, ग्यास पशल लगायत अत्यावस्यक पशलहरु वाहेक सवै व्यवसाय बन्द गर्न आम व्यवसायीहरुलाइ आह्वान गरेको हो । 

विश्वव्यापी महामारी कोभिड—१९ बाट जोगिनकालागी आम व्यवसायी र आम नागरीकको समेत सामुहिक दायित्व भएको भन्दै बजारमा भिडभाड हुने खालका कुनैपनि गतिविधि नगर्न नगराउन पनि बैठकले आग्रह गरेको छ । मुलुकभर कोभिड—१९को संक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा यसको संक्रमणबाट जोगिनुनै पहिलो आवस्यकता भएको महसुस गर्दै संघले यो महान अभियानमा साथ दिन आम व्यवसायीको साथ र सहयोगको अपेक्षा गरेको हो ।

 त्यसैगरी संघले यस अघि थालेको क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियानलाइ मंगल विशेष सरसफाइ अभियानका रुपमा सन्चालन गर्ने निर्णय भएको बैठकपछि संघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

 विशेष अभियान अन्तर्गत बजारका मुख्य मुख्य चौकमा हातधुनकालागी सावुन पानीको समेत व्यवस्थापन थालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै मंगलवारको अभियानमा आम नागरीकहरुलाइ अनिवार्य रुपमा सावुनपानीले हातधुने व्यवस्था मिलाउन पनि आह्रवान गरीने बैठक पछि अध्यक्ष विर वहादुर रावतले जनाएका छन् । 

साथै यसअघिको बैठकले संस्थागत निर्णय गरी एक लाख एक हजार रुपैयाको राहतकोष स्थापना गरीसकेको छ । आवस्यक परेको अवस्थामा आम व्यवसायीहरुसंग समन्वय गरी राहतकोषमा रकम थप गर्दै जाने पनि बैठकमा निर्णय गरिएको थियो । 

त्यसैगरी कोरोनाको संक्रमणबाट बच्न भिडभाडलाइ दुरुत्साहन गर्ने सवैभन्दा पहिलो विकल्प भएको उल्लेखगर्दै त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिले लामो तथा मध्यमदुरीका सम्पुर्ण यातायात सेवा बन्द गरेको छ । घोराही तुलसीपुर स्थानिय रुटमा पनि अत्यन्तै कममात्र यातायात सेवा सन्चालन गर्ने प्रालिले जनाएको छ । साथै स्थानिय रुटमा पनि अत्यावस्यक काम वाहेक कुनैपनि यात्रुहरु अनावस्यक रुपमा हिडडुल नगरीदिन पनि प्रालिले आग्रह गरेको छ । 

प्रालिका अध्यक्ष शुरेश हमालले जारी गरेको विज्ञप्तीमा विश्वव्यापी महामारीबाट जोगाउन आम यातायात व्यवसायीको समेत अहम भुमिका रहेको भन्दै सवारीचालक, परीचालक र सहचालकलाइ समेत अनिवार्य रुपमा मास्क लगाएर सुरक्षित यातायात सेवा प्रदान गर्न आग्रह गरीएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ