arrow

ट्राइथलनमा डेनिस प्रशिक्षक नियुक्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1344422682.png
काठमाडौँ । भारतको गुहाटी र सिलोङमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि नेपाल ट्राइथलन सङ्घले पिटर ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । 

डेनमार्कका ५१ वर्षीय प्रशिक्षक ज्याकोवसनलाई राष्ट्रिय प्रशिक्षकका रुपमा नियुक्त गरिएको सङ्घका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रशिक्षक ज्याकोवसन ट्राइथनल प्रशिक्षकका साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञातासमेत हुन् । 

उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी हुनाका साथै ट्राइथनलका निकै अनुभवी प्रशिक्षकसमेत हुन् । उनले डेनमार्क, जर्मनी, जिम्बावे, म्यानमा, सिंगापुर र कम्बोडियामा प्रशिक्षकका रुपमा रहेर काम गरिसकेका छन् । यसै महिना कास्कीको वेगनासमा तालमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चौथौ राष्ट्रिय ट्राइथलन प्रतियोगिताबाट सागका लागि छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले उनलाई नियुक्त गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ