arrow

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यकबाहेकका भेटघाट बन्द

logo
प्रकाशित २०७६ चैत १० सोमबार
mahendra-bahadur-sahi.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट सोमबारबाट बन्द गरेका छन्। 

कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेको उनका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए ।

 मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको सङ्कटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए ।
 
मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 

सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उनले सुझाएका छन्।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका छन् ।

 “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भने । 

कोरोनाको सङ्कट समाधान गर्न सरकारले थालेको प्रतिकार्य योजनालाई साथ दिन मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गरी सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ