arrow

नेपालगन्जका सडक रित्तै

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत ११ मंगलबार
nepaljung-road.gif

नेपालगन्ज। कोरोना महामारीबाट बच्न नेपाल सरकारले आजबाट देशभर लकडाउन गरेको छ। यस्तै  बाँके प्रशासनले जनता कर्फ्यु  लगाएसगै बाँकेका सबै स्थान नेपालगन्ज बजार पुर्ण रुपमा बन्द भएको छ। बजारमा मानिसहरु हिंडका छैनन् भने सवारीसाधन समेत बन्द भएका छन्।

सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरिएको छ। ईमर्जेन्सी सेवामा चलेका सवारीसाधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरिरहेका छन्। केही पैदल हिंडकालाई प्रहरीले सम्झाइ बुझाइ अब नहिड्न सुझाब दिएको छ। कोरोनाबाट बच्न  नेपाल सरकारले देशभर आजदेखि एक हप्तासम्मका लागि गरेको लकडाउनले र  बाँके प्रशासनले लगाएको जनता कर्फ्युले समस्त नेपालगन्ज एबम बाँकेबासी सचेत भएर होम क्वारेन्टाइनमा बसेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ