arrow

स्पेनमा रहेका नेपालीलाई उद्दार गर्न जनसम्पर्क स्पेन तयार, अहिलेसम्म नेपालीमा छैन कोरोना

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
spain-corona-virus.jpg

बार्सिलोना । नेपाली जनसम्पर्क स्पेनले यहाँ रहेका नेपालीहरुलाई पर्ने समस्याहरुमा उद्दार गर्न समितिका अध्यक्ष इन्द्र शर्माको संयोजकत्वमा सहयोग समिति बनाएको छ । 

महामारीको रूपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमणको प्रकोपले मानव समाजलाई अस्तव्यस्त र असुरक्षित बनाएको समयमा नेपालीहरुलाई परामर्श तथा सहयोग हुने हेतुले समिति बनाइएको हो ।

बिगत १५ दिनको अवधिमा स्पेनमा कोरोना भाईरसको संक्रमणबाट २३११ जनाले ज्यान गुमाईसकेका छन् भने ३५ हजार भन्दा बढी मानिसहरूमा संक्रमण र्फैलिसकेको छ । 

स्पेनमा संकटकालको घोषणासंगै सबै आ–आफ्नो घरमै क्वारेन्टाइनमा बसेका छन् ।

समितिले विज्ञप्ति निकाली बिना हिच्किचाहट सहयोगको लागि सम्पर्क गर्न अनुरोध गरेको छ । 

विज्ञप्तिमा हालसम्म स्पेनमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु कसैलाई पनि कोरोना भाईरसको संक्रमण भएको खबर जानकारीमा आएको छैन । 

तैपनि यस भाईरसलाई नियन्त्रण र रोकथामको अहिलेसम्म कुनै औषधि र उपचारको पद्धति बनेको छैन । यो भाईरसको प्रकोपबाट बाँच्न दृढ़ आत्मबिश्वास र शुक्ष्म सावधानीका उपायहरू अपनाउनु पर्ने हुन्छ । त्यसैले आफू सावधान बनौ र अरुलाई पनि सावधान रहन समितिले अनुरोध गरेको छ ।

यस्तो बिषम परिस्थितिबाट गुज्रिरहेको स्पेनमा रहने व्यवसायीहरूलाई परेको आर्थिक मार तथा कामदारहरूलाई परेको मर्कामा स्पेन सरकारले गरेका निर्णय र अपनाएका तरिकाहरु, घोषणा गरेका आर्थिक सहायताहरूका साथै नियम कानुनका बारेमा परामर्श एवं जानकारी दिन र हालसालै स्पेन आएर रोजगारको खोजीमा रहेका, काम, बसाई व्यवस्थित भई नसकेका दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक, कानुनी लगायत खानबस्न वा अन्य कुनै समस्याबाट गुज्रिनु परेको छ भने नेपाली जनसम्पर्क समिति स्पेनले तत्परताका साथ खटेर समस्या समाधानमा सक्रिय भएर लाग्ने जनाएको छ ।

स्पेनमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीहरूले कुनैपनि किसिमको समस्या आइपरेमा विचलित नभई बिना संकोच सम्पर्क गर्न सक्ने पनि बताइएको छ । 

सम्पर्क व्यक्ति र सम्पर्क नम्बरहरुसमेत दिइएको छ । संयोजकः इन्द्रप्रसाद शर्मा (६९२७२९७१०), सदस्यहरुः चिन्तामणी सापकोटा, पुष्पराज भण्डारी, एकराज गिरी (६७८१३९७०८), शालिकराम डुम्रे (६६२१९४६१९), अनिल गुरुङ्ग (६३२८२२६३२), बिष्णु रिजाल, सन्दिपमोहन भट्टराई, उमेशप्रसाद अधिकारी, बिदुर गौतम, रामबाबु सापकोटा, रामप्रसाद सापकोटा ‘बिराज’ (६३२८३७२६१), लक्ष्मण खत्री (६३११४६०५५), पार्वती वली (म्याड्रिड), रामकृष्ण पुडासैनी (म्याड्रिड), दीपेन्द्र अर्याल (बिल्बाओ – ६३२६३८०८५), भरत न्यौपाने (अलिकान्ते – ६३२७७६७९९), सन्तोष सापकोटा (भ्यालेन्सिया – ६०२०५६१४३) । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ