arrow

क्रिश्चियन भए कोरोनाले नछुने भ्रामक प्रचार गर्ने पास्चर आचार्य कास्कीमा पक्राउ

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
keshav-acharya-christian-pa.gif

कास्की। यशुका अनुयायी क्रिश्चियनहरुलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ। 

जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले भ्रामक प्रचार गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन ।

विश्वव्यापी रुपमा कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका उनलाई अफवाह फैलाएको आरोपमा पक्राउ गरि हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले विपदको बेलामा अफवाह फैलाएको तथा धर्म प्रचार प्रसार अभियोगमा उनलाई मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै उनले अफवाह फैलाउने प्रवचन दिएका थिए। कतिपय रोग रुमाल हल्लाएर ठिक गर्ने भ्रम छरेका थिए । लामै प्रवचन दिएका आचार्यले भनेका थिए–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन ।’

नयाँ जोगी खरानी धेरै घस्छन् भने झैं नयाँ नयाँ क्रिश्चियन भएका उनले अफवाह फैलाएको भन्दा ठीक विपरित क्रिश्चियन वाहुल्य युरोपका राष्ट्रहरु इटली, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा फैलिरहेको छ। क्रिश्चियन धार्मिक अनुयायीहरुकै ठुलो संख्यामा ज्यान गैरहेको छ । 

कास्की प्रहरीले यस्ता भ्रामक अफवाहको विश्वास नगर्न र भिडभाडमा नजान आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ