arrow

फ्रान्सबाट कोराना संक्रमित किशोरीसँगै आएका दुई धरानका रहेको पुष्टी

क्वारेन्टाईनमा पठाउन अधिकारीहरु परामर्शमा

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
coronavirus-hamrakuras1.jpg

धरान । गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित  १९ वर्षीया किशोरी फर्किएको जहाजमा  आएका दुई जना धरानका पनि रहेको पुष्टी भएको छ । 

 पुष्टी भएससँगै धरान उपमहानगरपालिकामा धरान उपमहानगरपालिकामा आकस्मीक बैठक बसेको छ । आकस्मीक बैठकमा लकडाउनलाई कार्यन्वयन बुधवार देखि धरानमा कोही पनि मानिस बाहिर हिडडुल गर्न नदिनेबारेमा छलफल भईरहेको बताईएको छ ।

सोमबार काठमाण्डौमा कोरोना संक्रमित पुष्टी भएकी युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति पनि रहेको बताईएको छ । 

उनीहरुलाई क्वारेनटाईनमा कसरी पठाउने भन्ने बारेमा उपमहानगरपालिकाको बैठकमा छलफल भईरहेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

सरकारले कोभिड १९ कोरोना भाईरसको संक्रमणको जोखिमबाट सर्वसाधरणहरुलाई सुरक्षित राख्नका लागि आज मंगलबार देखि चैत्र १८ गते सम्म देशैभर लकडाउन जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ