arrow

दयालु दिव्यमणीले आफ्नो विजनेस कम्प्लेक्सको व्यवसायीहरुलाई दिए दुई महिनाको भाडा छुट

कोरोनाको केन्द्रीय राहत कोषमा यसअघी नै गरेका थिए ५ लाख दिने घोषणा

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
dibyamani-nc.gif

काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार एवं अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको केन्द्रीय राहत कोषमा सबैभन्दा पहिला ५ लाख दिने घोषणा गरेका सांसद दिव्यमणी राजभण्डारीले मन फुकाएर साना तथा मझौला व्यापारीहरुलाई पनि सहयोग गरेका छन्।

कोरोनाका कारण व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नुपर्ने भएपछि न्यूरोडस्थित आफ्नो व्यवसायिक कम्प्लेक्स दोलखा छेंमा भाडामा रहेकाहरुसँग राजभण्डारीले दुई महिनाको भाडा नलिई उनीहरुलाई राहत दिएका छन्।  

दुई महिनाको भाडा नलिने घोषणा गरेका राजभण्डारीले कम्प्लेक्समा रहेका व्यवसायीहरुलाई एउटा शर्त भने राखेका छन्। सो शर्त अनुसार व्यवसायीहरुले आफ्नो व्यवसायमा रहेका कर्मचारी र कामदारलाई तलब दिनुपर्ने छ भने निकाल्न पाइने छैन। 

दिव्यमणीको सो घोषणापछि दोलखा छेंमा कारोबार गर्दै आएका मनोज अग्रवालले समस्त भाडावालहरुको तर्फबाट धन्यवाद ज्ञापन सहितको मार्मिक फेसबुक स्टाटस लेखि उनलाई ट्याग समेत गरेका छन्।  

अग्रवालले लेखेका छन्ः 

'नेता चिन्ने र चिन्नुपर्ने आपत विपत मै हो

साना तथा मझौला व्यापारीहरूलाई यस कोरोना त्रासदीमा राहत दिनका लागि उठे प्रतिनीधी सभाका सांसद् माननिय दीव्यमणी राजभण्डारी ज्यू। न्युरोडको आफ्नो घर 'दोलखा छें' मा घर बहालमा बसी व्यवसाय गर्नेहरूलाई उहाँले दुई महिनाको घर बहाल नलिने घोषणा गरी दिनु भएकोमा हामी सबै साना तथा मझौला व्यापारीलाई राहत प्रदान गरिदिनु भएकोमा उहाँको यस मानविय मुल्य र भावनाको हृदयबाट कदर गरी उहाँप्रती ठूलो आभार व्यक्त गर्दछौं ।

समस्त बहाल वाला हरू
दोलखा छें, न्यूरोड

कोरोनाले समाजका सबै क्षेत्रलाई असर गरेको बेलामा आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि भाडावालहरुबाट भाडा नलिनेबारे उनीहरुलाई जानकारी दिएको राजभण्डारीले जनाए। अर्थतन्त्रमा ठूलो योगदान रहेको साना तथा मझौला उद्यमी तथा व्यवसायीहरुलाई यस्तो बेलामा संरक्षण गर्नु पर्ने ठानी आफूले यो निर्णय लिएको पनि उनले बताए। 

कोरोनाका कारण व्यवसाय चौपट भएको बेला घरभाडा लगाउने ठूला ठूला विजिनेस कम्प्लेक्सले पनि यस्तै राहत दिए अन्य व्यवसायीहरु पनि लाभान्वित हुने दोलखा छेंका व्यवसायी मनोज अग्रवालले बताए। 

राजभण्डारीले मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर खडा गरेको कोषमा ५ लाख सहयोग दिने घोषणा गरेका थिए। उनले घोषणा गरेको रकम हस्तान्तरण गर्न खोज्दा खाता नखुलेको र खाता खुल्दा बैंक बन्द भएको बताए। बैंक खुलेपछि घोषणा गरेको रकम हस्तान्तरण गर्ने उनले बताए। 

सरकारले सो कोष घोषणा गरे लगत्तै सो कोषमा सहयोगको लागि आग्रह समेत गरेको थियो। सरकारको आग्रह लगत्तै काठमाडौं क्षेत्र नम्वर ४बाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद राजभण्डारीले ५ लाख रुपैयाँ सो कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। मन्त्रीहरुले सो कोषमा एक महिनाको तलब दिने निर्णय समेत बैठकले गरेको थियो। 

कोरोना भाइरस विरुद्ध निरन्तर जनचेतना अभियानमा सक्रिय सांसद दिव्यमणि राजभण्डारीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुको आफ्नै निकावसमा बैठक समेत गरि सरकारलाई सुझाव समेत दिने कार्यक्रम गरेका थिए। 

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग मिलेर संसदमा कोरोना भाइरस सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका थिए। उनले संसद स्थगित गरी सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनचेतना जगाउने काममा लगाउने प्रस्ताव गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ