arrow

जब नर्सले नै 'लकडाउन' तोडिन्,डीएसपीले के गरे ?

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
nurse-lockdown.png

पोखरा । बिहानको समय करिब ८ बजे तिर पोखराको नयाँबजारमा प्रहरीटोली खटिरहेको थियो । केही सर्वसाधारण हिडिरहेका थिए कोही बाईक तथा स्कुटरमा आएकाहरुलाई प्रहरीले सम्झाउदै घर बस्न र फर्कन आग्रह गर्दै थिए ।

 एक जना माानिस मोटरसाईकलको गती तिब्र आउँदै  आए । प्रहरीले कता किन भन्दा मणिपाल अस्पतालको कर्मचारी भएको बताए । प्रहरीले परिचयपत्र माग्दा दिन सकेनन् उनी गल्ती स्वीकार गर्दै घर फर्किए । 

पछि एक जना महिला पनि यस्तै अवस्थामा आईन् । पोखराको फिस्टेल अस्पतालको नर्स बताउने महिलाले पनि परिचयपत्र देखाउन सकिनन् ।

 प्रहरीले बिनम्रतापूर्वक घर फर्किन गरेको आग्रह उनले सहजै स्वीकर गरिनन् । आफू अस्पताल रमाईलो गर्न जान नभई उपचार गर्न जान लागेको भन्दै प्रहरीसमक्ष ठूलो स्वर गरिन् र फोन निकालेर निकैबेर बोलिन् । 

प्रहरीले बारम्बार फर्किनुस् भन्दा पनि नफर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबत्ता डीएसपी राजकुमार केसीले पढेको बुझेको माछे अझ स्टार्फ नर्स बताउने मान्छेले यस्तो नगर्न सुझाब दिदै उनलाई घर फर्काएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ