arrow

नरेन्द्र मोदीद्धारा दोस्रो पटक कोरोना संवोधन, भारतभर लकडाउन

भारतमा २१ दिनको लकडाउन, मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरे

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
narendra-modi2.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन गरेका छन् । 

मोदीले मंगलबार राति १२ बजेदेखि भारतभर सम्पूर्ण देशमा सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् । 

उनले घरबाट बाहिर निस्किन पूर्णरुपले निषेध लगाएका छन् । 

भारतमा तीन हप्ता (२१ दिन) को लकडाउन लगाइएको हो । मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका हुन् । 

मोदीले घरमै रहेर मात्रै कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई घरमै रहन आग्रह गरेका छन् । 

कोरोना– कोही सडकमा ननिक्लनु भएको भन्दै घरमा रहन मोदीले आग्रह गरेका हुन् । 

उनले संक्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकामा दुई लाख पुग्न केवल ११ दिन लागेको र दुई लाखबाट तीन लाख पुग्न सिर्फ चार दिन लागेको भन्दै कोरोना निकै तेज गतिमा फैलिएको बताए । 

कुनै पनि अफबाह वा अन्धविश्वासबाट बच्न पनि मोदीले आग्रह गर्दै चिकित्सकको परामर्शबिना कुनै पनि औषधिको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । 

मोदीले गत मार्च १९ तारिखमा पहिलो संवोधन गरेका थिए । १९ मार्चको संवोधनमा उनले ‘जनता कर्फयु लगाएका थिए । 

उनले उक्त कदमको प्रंशंसा गर्दै अब पनि एकवद्ध भएर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन् । 

संकट आउँदा आफूहरुले मिलेर काम गरेको मोदीले बताएका छन् । उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्सिङ र आफ्नो घरमै बस्नुपर्नेमा आग्रह गरेका छन् । 

लापरवाही जारी रहे भारतलाई यसको ठूलो मुल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् । यसको मुल्य कति होला भनी अनुमान समेत गर्न नसकिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ