- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । फ्रान्सबाट गत चैत ४ गते आएकी कोरोना भाइरस लागेकी विद्यार्थीसंगै कपिलवस्तुका एक जना युवा पनि सोही विमानमा आएको खुलेको छ ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित १९ वर्षीया किशोरी फर्किएको जहाजमा बुद्धभुमी ३ रनगाई घर भएका युवालाई गाउंमा थाहा हुन साथ स्थानीय क्वारेन्टाइनमा लगिएको वडा अध्यक्ष गोविन्द आर्चायले बताए ।
नगरपालिकाले गोरुसिंगेको थारु कल्याणकारी सभामा तयार पारिएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
हालसम्म उनमा कुनै लक्षण नदिएको समेत श्रेष्ठले बताए । गाउंमा चर्चा चले संगै स्थानीयलाई सूरक्षित हुन प्रमुख श्रेष्ठले बताए ।
किशोरी फर्किएको जहाजमा दुई जना धरानका रहेको पनि पुष्टी भइसकेको छ ।सोमबार काठमाण्डौमा कोरोना संक्रमित पुष्टी भएकी युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति पनि रहेको बताईएको छ ।
त्यस्तै किशोरी फर्किएको जहाजमा जिल्लाको बागलुङ नगरपालिका–५ का एक युवा फर्किएका थिए । किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवामा हालसम्म कुनै संक्रमणका लक्षणहरु नदेखिएको पाइएको छ ।
उनी फर्किएर आफ्नै गाउँमा पुगेको थाहा भएपछि मंगलबार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ल सहितको टोली उनकै घरमा पुगेको थियो ।