arrow

एक रात सीमानाकामा अलपत्र भई खुल्ला आकाशमा बिताएका नेपाली गन्तव्यतर्फ लागे   

च्यूरा र चाउचाउमै बित्यो दिन, सबैको स्वास्थ्य परीक्षणपछि छाडियो

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७६ चैत ११ मंगलबार
corona-nepali-back-india1.jpg

डोकेबजार । भारतका विभिन्न स्थानहरुबाट घर जान गौरीफन्टा नाका हुँदै  कैलालीसंग सीमा जोडिएको कञ्चनपुरको डोकेबजारमा अलपत्र बनेका नेपालीहरुलाई मंगलबार गन्तव्य तर्फ पुर्याइएको छ । 

सोमबार भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनीहरु नेपालमा लकडाउन भएपछि सीमा क्षेत्रमा फसेका थिए ।  

नेपाल–भारत सीमास्थित डोकेबजारमा अलपत्र रहेका नेपालीहरु झन्डै २२ घन्टा भोकै खुला आकाश मुनि बस्न बाध्य भएका थिए । 
सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाली रोकि राखेका उनीहरुले  धनगढीतर्फ भित्रिन खोजेपछि बिहान केहिबेर झडपको स्थिति बन्दा प्रहरीले लाठी चार्ज गरेको थियो  ।  

नाकामा अलपत्र परेका ८ सय नेपालीहरुको स्वास्थ्य परिक्षण पश्चात् उनीहरुलाई बसहरुको प्रबन्ध गरी गन्तव्य स्थलतर्फ पठाइएको छ । 

रातभरी भोकै रहेका उनीहरुलाई दिउँसो विभिन्न संघ संस्थाहरुले चाउचाउ च्यूरा वितरण गरेका थिए ।

कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि भारतबाट गाउँ फर्केका उनीहरु दशगजा क्षेत्रमै थुनिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ