arrow

१७ स–साना कुरामा ध्यान दिऔं जसले कोरोना संक्रमण रोक्न सक्छन् – डा रवीन्द्र पाण्डे

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
rabindra-sameer.jpg

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि जनस्वास्थ्य विशेषज्ञले साना साना कुरामा ध्यान दिन आग्रह गरेका छन् । 

जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डेले स–साना कुरामा मात्रै पनि ध्यान दिन सकियो भने कोरोना भाइरस रोक्न सक्ने दावी गरेका हुन् । 

सामाजिक संजालमा उनले यसबाट बच्न सक्ने उपाय बारेमा लेखेका छन् । 

उनका अनुसार यी उपायहरु अपनाऔं –
१, हातमा औंठी तथा घडी नलगाऔं । साबुनले हात धोए पनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन् । 
२, नंग नपालौं । 
३, बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ। 
४, सकभर पत्रिका घरभित्र नराखौं । अनलाइन संस्करण पढौं । 
५, पैसाबाट कोरोना भाइरस सर्न सक्छ । पंजा लगाएर पैसाको काम गरौँ । पैसालाई घाममा राखौं । 
६, दूधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ । 
७, अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ । 
८, स्विमिङ  नगरौं । 
९, दाहिने हातलाई (बायाँ हात चलाउनेले बायाँ हात) अनुहार छुनबाट नियन्त्रण गरौँ । 
१०, मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ । 
११, बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ । 
१२, मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं । घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ । 
१३, देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पूजा गरौँ । 
१४, हरेक व्यक्तिसंग १.५ मिटरको दूरी कायम गरौँ । 
१५, पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ । 
१६, हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं । संक्रमण भयो भने तपाईले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् । त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाईले किनेका खाद्य पदार्थ तपाईंले खान सक्नुहुन्न । 
१७, कडा औषधि तथा स्टेरोइड सेवन नगरौं । गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउँदै हटाउने तरिका सिकौं ।                    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ