arrow

मौसममा बदली, अपरान्ह वर्षा, यस्तो छ शुक्रबारसम्मको पूर्वानुमान

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल देशको मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

 देशको मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा बदलीको अवस्था रहेको छ । मध्य र पश्चिमका पहाडी भूभागमा पनि बदलीको अवस्था रहेको छ । 

सोमबारदेखि नै नेपालमा पश्चिमी वायुको प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसममा सुधार हुनका लागि समय लाग्ने पनि मौसमविद् श्रेष्ठले बताए । 

अपरान्हपछि काठमाडौं उपत्यकामा पनि वर्षा हुनेछ । उपत्यकामा न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म रहने मौसमविद् श्रेष्ठले बताए । 

भिजिबिलिटी ७ किलोमिटर रहेको छ । 

यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान–
बिहीबारः
शको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ । पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमि भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ। पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १४ गते (शुक्रबार)
दिउँसो देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा र मध्य र पूर्वका पहाडी भू(भागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी  हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति देशको पश्चिमि र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी र पूर्वी पहाडी भूभागका  एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी  हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ