arrow

कोरोनाले साउदीमा पनि ज्यान लियो, संक्रमितको संख्या बढ्दै, २१ दिने कर्फ्यू कायमै  

logo
अरशद शेष राई, 
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-saudi-jpeg.jpg

साउदी । साउदी अरेबियामा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जना ५१ बर्षिय ब्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमितहरुको संख्या ७६७ पुगेको छ ।

मंगलबार साउदी अरेबियामा २०५ जना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएपछि साउदी अरेबियामा संक्रमितहरुको संख्या बढेर ७६७ पुगेको हो ।

२०५ जना नयाँ भेटिएका कोरोना भाइरसको संक्रमितहरु मध्ये साउदी अरेबियाको शहर बिश्हाह ८, अलबाहा १२, रियाद ६९, जेद्दा ८२, दम्माम ६, काँताइफ ६, अबहा ६, नजराज ८, मदिना १, दहरान २, खोबर २ र जजान ३ जना रहेको स्वास्थ्य मंत्री मोहम्मद अब्देलालीले बताए ।

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमण दिन दिनै बढ्दै गएपछि साउदी सरकारले रोक्न तथा थप संक्रमण फैलिन नदिनको लागि हरसम्भब प्रयास गरेपनि हालसम्म कोरोना भाइरसको संक्रमितहरु भेटिने क्रम रोकिएको छैन ।

बिश्वभर नै महामारीको रुपमा फैलिसकेको कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि साउदी सरकारले बिगत केही दिन पहिले नै देशभरको हवाई उडान, टेक्सी, मेट्रो ट्रेन, सरकारी तथा गैर सरकारी संघसंस्था बन्द गरि धेरै भीडभाड हुने ठाउँमा प्रविन्ध लगाएको थियो । 

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै साउदी सरकारले सोमबारदेखि अगामी २१ दिनको लागि कर्फ्यू घोषणा गरेको छ । साउदी अरेबियाको राजा सलमान बिन अब्दुल अजीजले कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा थप संक्रमण फैलिन नदिनका लागि सोमबार बेलुका ७ बजेदेखि कर्फ्यू घोषणा गरेका हुन् ।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले सोमबारदेखि लगाएको कर्फ्यूको कारण कर्फ्यूको समयमा सडकहरु सुनसान देखिएका छन् । मंगलबार राति कर्फ्यूको समयमा साउदी अरेबियाको शहर मदिनाको मुटु मानिने मस्जिदे नब्वी हरम शरीफ रोड सधै जसो अति व्यस्त तथा मान्छेहरुको भिड्भाड र चहलपहल हुने ठाउँ पनि सुनसान देखियो ।

खासगरी साउदी अरेबियामा दिनमा भन्दा रातिको समयमा बढी मान्छेहरुको भीडभाड हुने गर्छ । तर कर्फ्यूको कारण सबै ठाँउ सुनसान रह्यो । सोमबारदेखि कर्फ्यूको समय हुनु भन्दा पहिले नै सबै पसलहरु बन्द गरि पूर्णरुपमा सबै जनाले कर्फ्यूको पालना गरेका छन् । 

सरकारले कोरोना भाइरसको रोक्थाम तथा संक्रमण फैलिनबाट रोक्नका लागि घोषणा गरेको कर्फ्यूको समय अधिकांश ठाउँमा सुरक्षाकर्मीको गाडीहरु मात्रा देखिएका छन् । 

सोमवार कर्फ्यूको समयमा केही गाडी चालक पनि सडकमा भेटिएपछि सुरक्षाकर्मीले सोधपुछ गरि कर्फ्यू समय सम्म त्यही रोक्न लगाइएको जानकारी प्राप्त भएको छ । 

साउदी सरकारले कोरोना भाइरसको रोकथाम तथा थप संक्रमण फैलिन नदिनका लागि कर्फ्यूको समयमा घर बाहिर ननिस्किन सबैसंग आह्वान पनि गरिएको छ । 

साथै–साथै कर्फ्यूको समयमा अतिआवश्यक बिना काम कोही बाहिर भेटियो भने १० हजार रियाल जरिवाना तथा २० दिनको जेल सजाय हुने जानकारी प्राप्त भएको छ । 

सोमबारदेखि लागू भएको कर्फ्यूमा महत्त्वपूर्ण सार्वजनिक तथा निजी क्षेत्रको कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यू आदेश लागू नहुने साउदी मंत्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ