arrow

साढे दुई करोड फूलको कारोबार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
180321044.gif
काठमाडौँ । यस वर्ष तिहारमा रु दुई करोड पचास लाखको फूलको कारोबार भएको छ । वर्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । 

उपाध्यक्ष बादेका अनुसार तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका सात लाख माला खपत भएका भएपनि सबैभन्दा बढी सयपत्री फूलको चार लाख माला खपत भएको छ । खपत भएका फूल सबैभन्दा बढी काठमाडौँ उपत्यकाको तीन वटा जिल्लामा ७५ प्रतिशत प्रयोग भएको थियो भने पोखरा, बुटवल, धरानलगायत देशको मुख्य सहरमा २५ प्रतिशत फूलको प्रयोग भएको थियो । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष मालाको मूल्यमा पनि वृद्धि भएको छ । यस वर्ष सयपत्री फूलको प्रतिमालालाई रु ३५ देखि रु६५ सम्म परेको थियो । गत वर्ष प्रतिमालाको मूल्य रु २५ देखि रु ५० सम्म थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ