arrow

कोरोना संक्रमणलाई जितेर घर फर्किन् भगवती, अर्की नेपाली महिला अस्पतालमा 

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-uk-bhagwati.jpg

लण्डन । कोरोना भाइरस (कोभिड–१९) भएकी क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन् । 

दुई हप्ताअघि उनलाई कोभिड–१९ भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ राखिएको थियो । करिव ३ हप्ताको अस्पताल बसाईपछि उनले कोरोनालाई जितेकी हुन् ।

एनआरएनए यूकेको महिला विभागले मनाएको महिला दिवसका दिनमा नै उनको सार्वजनिक उपस्थिति रहेको थियो ।

कार्यक्रम सकिएको भोलिपल्टबाट उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपाली समुदायमा पनि यसको असर देखापर्न थालेको छ । भगवतीले कोरोनालाई जितेको खुशी हुन नपाउँदै फेरि अर्की नेपाली महिलामा कोभिड–१९ देखा परेको छ । 

उनी अस्पतालमा भर्ना भएकी छिन् । 

बेलायतमा बुधबार बिहानसम्म ८ हजार ७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । मंगलबारबार एक हजार ४२७ जना संक्रमित देखिएका छन् । 

मृतकको संख्या ४२२ पुगेको छ । मंगलबार थप ८७ जनाको ज्यान गएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ