arrow

रुकुममा कोरानाको लक्षण देखिएका एक बिरामी अस्पतालमा

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-virus-awareness.jpg

रुकुम । रुकुम पश्चिममा कोराना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक बिरामी अस्पतालमा भर्ना भएका छन् । उनी ३ दिनअघि भारतको केरलाबाट जिल्लामा आईपुगेका थिए । 

रुकुम आठबिसकोट नगरपालिका घर भएका २० बर्षिय उक्त युवक हाल रुकुम सदरमुकाम सल्लेस्थित राप्ती समाज अस्पतालमा छन् । 

जिल्ला अस्पताल सल्ले रुकुमका डा राजकुमार भुजेलका अनुसार भारतबाट आएर पनि सदरमुकाम स्थित एक आफन्तको कोठमा बसेका थिए । 

जरो आउने, सुख्खा खोकी लाग्ने लगायतको कोराना भाइरसको लक्षण देखिएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा चेक गराउन लगिएको थियो । 

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत कोरोना भाइरस चेकजाँच तथा उपचारका लागि चिकित्सकहरुसंग आवश्यक सामग्री नभएका कारण चेकजाँच तथा उपचार समस्यामा भैरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ