arrow

२१ व्यक्ति र ९७ वटा सवारी साधन नियन्त्रणमा

logo
निरंजन कुमार साह
प्रकाशित २०७६ चैत १२ बुधबार
dhanusha1.jpg

धनुषा । सरकारी आदेशको पालना नगरि लकडाउनको उल्लंघन गरेको भन्दै बुधबार दोश्रो दिन धनुषा प्रहरीले २१ जना मानिस र ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कोरोनाभाइरसबाट भयावह स्थिती आउन सक्ने भन्दै  मंगलबार  बिहान ६ बजेबाट लकडाउन घोषणा गरिएपनि सवारीसाधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै प्रहरीले धनुषा जिल्लाका विभिन्न स्थानहरुबाट समाचार तयार पार्दासम्म २१ जना मानिस र ९४ वटा  मोटरसाइकल , २ वटा ट्याक्टर ,१ वटा अटो रिक्सा नियन्त्रणमा लिएका धनुषा प्रहरी स्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरि अटेर गरेकाले उनीहरूलाई सवारी साधन सहित नियन्त्रणमा लिएका हुन् ।

प्रहरीका अनुसार डीएसपी नेतृत्वको प्रहरी टोलीले कुर्थाबाट ४ जना, पिडारी चोकबाट ३ जना र जिल्लाका अन्य विभिन्न स्थानहरुबाट १४ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको सञ्चार शाखाले जानकारी दिए।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले देशभर मंगलबार बिहान ६ बजेबाट लकडाउन घोषणा गरेका छन । मंगलबार  मात्रै प्रहरीले धनुषाका बिभिन्न स्थानबाट ३ सय ६९ सवारी साधनलाई नियन्त्रणमा लिएका  थियो ।

यता, महोत्तरीको बर्दिबासस्थित होटल पावन मिथिलालाई त्यसका सञ्चालकले आवश्यक परे क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

राजपा नेपालकी वरिष्ठ नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिबासस्थित आफ्नो होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि प्रयोग गर्न प्रदेश नम्बर दुई  सरकारसँग आग्रह गरेकी छिन। 

राउतले  भनिन,‘प्रदेश नम्बर दुई  सरकारलाई आवश्यकता परेको खण्डमा मेरो होटललाई क्वारेनटाइनका निम्ति प्रयोग गर्न सक्नुहुन्छ ।’

कोरोना भाईरसको महामारीको त्रासको समयमा मैले आफ्नो तर्फबाट यस होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सरकारसँग निवेदन गर्दछु।होटलमा ४५ वटा कोठाहरू र तीनवटा ठूला हलहरु छन् ।’ आवश्यकता परे त्यहाँ उपलब्ध सम्पूर्ण सामग्रीहरु समेत कोरोना संक्रमितका लागि हामी जतिबेला पनि दिन तयार छु। 

शुरु देखि नै समाजका लागि केही गरौँ गरौँ जस्तो लागेको थियो,’ सांसद राउतले भनिन्, मैले त्यो निर्णय गरेर होटेललाई कोरोना विरुद्धको महामारीलाई रोकथाम गर्नका लागि प्रयोग गर्न दिए हुन्थ्यो भनेर घोषणा गरेकी हुँ ।’

४५ वटा ठूलो कोठा, १ सय जना अटाउने कन्फरेन्स हल एउटा, ५०/५० जना मानिस अटाउने २ वटा हलसहित अत्याधुनिक सेवा सुविधा सम्पन्न राम्रो चलेको अवस्थाको उक्त होटेल रहेको उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ