arrow

कोरोना : तेलंगनाबाट घर फर्किएका युवकको स्वाब परीक्षणका लागि टेकु पठाइयो

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
teku-hospital.jpg

डोटी । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो ।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योती पाण्डेले जानकारी दिइन ।उनको स्वाब बुधबार दिउसो २ बजे एम्वुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएको बताउदै  धनगढीबाट काठमाडौं लगिने उनले बताइन्  ।  रिपोर्ट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा.पाण्डेले बताइन ।

डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको डा.पाण्डेले जानकारी दिइन् । संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ