arrow

कतारबाट आएका युवा क्वारेन्टाइनमा

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७६ चैत १२ बुधबार
quatar-ktm-airlines.jpg

सिरहा । प्रदेश नम्बर दुईका सामाजिक बिकास मन्त्रालयबाट बुधवारदेखि संचालनमा ल्याएको क्वारेन्टाइनमा सिराहाका एक जना युवालाई राखिएको छ ।

चैत ९ गते कतारबाट काठमाडौं अवतरण गरेका सिरहा जिल्ला मिर्चैयाका ३८ वर्षीय एक युवालाई धनुषा जिल्लाका नगराइन नगरपालिका गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा राखिएको छ ।

प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर हरिचन्द्र साहले सो कुराको जानकारी दिएका हुन्।

‘क्वारेन्टाइनमा राखिएको ती युवामा तत्काल कोरोना भाइरस सम्बन्धि कुनै लक्षण नदेखिएको साहले बताए ।

प्रायः शंकास्पद व्यक्तिलाई सुपरीपेक्षण तथा निरीक्षणका लागि १४ दिन सम्म राख्नेछौं । ती युवाको स्वास्थ्य अवस्था ठिकै भएका कारण उनलाई घर पठाएर सेल्फ होम क्वारेन्टाइनमा बस्न भनेको हु।

उक्त क्वारेन्टाइनमा अहिले २० वटा शैया तयार पारिएको भए पनि ५० शैयाको तयारी गर्ने काम भइरहेको साहले जानकारी दिए।
 
‘केही पारामेडिक्स स्वास्थयकर्मीहरुलाई त्यहाँ परिचालन गरिएको छ, आवश्यक परे चिकित्सकको भिजिट समेत हुने व्यवस्था मिलाएका छौं साहले भने ।

प्रदेश नम्बर दुई का सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा चैत्र ११ गते बसेको उच्चस्तरीय बैठकबाट धनुषाको उक्त क्वारेन्टाइन संचालन भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ