arrow

बेलायती राजकुमार चाल्सलाई पनि कोरोना भएको पुष्टी

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
prince-charles.gif

बेलायत। बेलायती राजकुमार चाल्सलाई पनि कोरोना भएको पुष्टी भएको छ। बेलायत सहितका अन्तराष्ट्रि सञ्चार माध्यमहरुले चाल्समा कोरोना पोजेटीभ देखिएको बताएका छन्। 

बेलायतको राजपरिवारमा यो पहिलो कोरोना संक्रमण हो। उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि जनाईएको छ। 

७१ बर्षिय चार्ल्स कोरोना संक्रमण देखिएपछि उनी स्कटल्याण्ड स्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन्। उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन्।   

अहिलेसम्म बेलायतमा ४२२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। बेलायतमा अहिलेसम्म ८ हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ