arrow

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
Prince-charles.jpg

एजेन्सी। बेलायतका राजकुमार (प्रिन्स अफ वेल्स) चार्ल्सलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य अवस्था ठीक रहेको पनि जनाईएको छ।

७१ बर्षिय चार्ल्स कोरोना संक्रमण देखिएपछि उनी स्कटल्याण्ड स्थित आफ्नो निवासमा आईसोलेसनमा रहेका छन्। उनकी पत्नीलाई भने संक्रमण देखिएको छैन। दुवैजना आइसोलेसनमा बसेका बेलायती संचार माध्यमहरुले जनाएका छन्।   

अहिलेसम्म बेलायतमा ४२२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। बेलायतमा अहिलेसम्म ८ हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ