arrow

'लकडाउन'मा १२ साइकल यात्रीलाई 'कुखुरा पोज' मा हिडाइयो

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
khukhura.jpg

रुपन्देही । कारोना भाईरसको (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले सोमवारबाट नेपाललाई यही चैत १८ गते सम्म लकडाउन गर्ने निर्णय गरेपछि मंगलवार देखि (हिजो) लकडाउन गरेको घोषणा गरेको थियो । सरकारले नेपाललाई लकडाउन गरेको आज दोस्रो दिन झनै रुपन्देहीको वजार सुनसान वनेको छ । 

यस्तै बुधवार (आज) रुपन्देहीको भैरहवामा लकडाउन उल्लंघन गरेको भन्दै, साईकलमा यात्रा गरेका १२ जनालाई प्रहरीले साईकल किन चलाएको भन्दै उनीहरुलाई ‘कुखुरा’ बनाएर सजाय दिएको वताईएको छ । बुटवल–भैरहवा सडकखण्ड अन्र्तगत भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाँदै गरेका साईकल यात्री १२ जनालाई सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले लकडाउन घोषणा गरेको अवस्थामा सडकमा साईकल चलाएको भन्दै ‘कुखुरा’ बनाएका हुन् ।

तर प्रहरीले सोही सडकमा गुडिरहेका मोटरसाईकल र अन्य चारपांङ्ग्रे सवारी साधनहरुलाई भने कारवाही नगरेको तर साइकल यात्रीहरुलाई ‘कुखुरा’ बनाएर अन्याय गरेको स्थानीय वासीहरुको भनाई रहेको छ । 

स्थानिय वासी भन्छन्– मोटरसाईकल र अन्य चारपांङ्ग्रे सवारी साधनहरुलाई छुट हुने तर साईकलमा यात्रा गरेकाले किन सजाय दिईयो भन्दै उनीहरुले कानुन सवैलाई वरावर हुनुपर्ने वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ