arrow

विश्व समुदाय कोरोनासँग लडिरहँदा अफगानिस्तानमा शिख समुदायमाथी आक्रमण, २५ मारिए

logo
एपी,
प्रकाशित २०७६ चैत १२ बुधबार
sikh--ConvertImage.jpg

काबुल, अफगानिस्तान। अफगानिस्तानका अल्पसंख्यक शिखहरूको पूजास्थलमा बुधवार बन्दुकधारीहरूले आक्रमण गरेर कम्तीमा २५ जनाको हत्या गरेको त्यहाँका एक जना सभासद् नरिन्द्रसिंह खालसाले वताएका छन् । प्रहरी कार्वाहीमा ४ आक्रमणकारी पनि मारिएका छन्।

आक्रमण भएको खवर पाउन वितिक्कै अफगानिस्तानका आन्तरिक मन्त्रालयले सो  आक्रमणस्थल गुरुद्वारामा फसेका उपासकहरुको सुरक्षाका लागी पुलिस तैनाथ गरिएको बताएका छन् । आक्रमणको वेलामा सो गुरुद्वारामा १५० जना शिख उपासकहरु रहेको र आक्रमणमा धेरै घाईते भएका छन् । 

सो आक्रमणको कसैले जिम्मेवारी नलिएको र तालिबानी प्रवक्ता जबिहुल्लाह मुजादले ट्वीट गरेर आफनो समुहको सो आक्रमणमा कुनै संलग्नता नरहेको वताएका छन ।  

कट्टरपन्थी मुस्लिम देशमा शिखहरूले व्यापक भेदभाव भोग्दै आइरहेका छन् र  इस्लामी अतिवादीहरूले उनीहरूलाई पनि निशाना बनाउदै आएका छन जसले गर्दा धेरै संख्यामा शिख र हिन्दुहरूले भारतमा शरणको खोजी गरेका छन् ।

जुलाई २०१८ मा  पनि शिख र हिन्दुहरुको एक समुहमाथि राष्ट्रपति असरफ घानीलाई भेट्न गईरहेको वेला जलालावाद नजिकै इस्लामी स्टेटका अतिवादीहरुले आक्रमण गर्दा १९ जनाको मृत्यु भएको थियो । 

पुरै विश्व कोरोना  विरुद्धको लडाईमा एक जुट भएको वेला पाकिस्तान समर्थक भनिएका तालीवान र हक्कानी समुहको यस्ता आक्रमण रोक्न विश्व समुदाय एक जुट हुन सभासद खालसाले आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ