arrow

लकडाउन अवेज्ञा गरेको भन्दै बुटवलमा दोस्रो दिन ४२५ सवारी प्रहरी नियन्त्रणमा

logo
नारायण वली,
प्रकाशित २०७६ चैत १२ बुधबार
rupandehi1.jpg

रुपन्देही । नेपाल सरकार अन्र्तगत कोरोना भाईरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको गत सोमवार वेलुका बसेको बैठकले कोभिड–१९ को सक्रमण फैलिन नदिनका लागि चैत ११गते बिहान ६ बजे देखि चैत १८ गते साँझ ६ बजे सम्म देशभर ‘लकडाउन’ गर्ने घोषणा गरेसंगै अहिले देशभरका प्रत्येक जिल्लाहरुमा प्रहरीले उच्च सर्तकता अपनाएको छ । 

पछिल्लो समय विश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले मंगलवार (हिजो) देखि नेपाललाई लकडाउन गरे सँगै रुपन्देहीका प्रमुख वजार देखि स–साना वजारहरु समेत सुनसान वन्न पुगेको छन् । जसका कारण पुर्वपश्चिम महेन्द्र राजमार्ग र बुटवल–वेलहिया सिद्धार्थ राजमार्गमा बुधवार (आज) पनि अत्यावश्यक सवारी साधन वाहेक अन्य सवारी चल्न सकेका छैनन् । 

यसअघि नेपालमा दुईजना मात्रै कोरोना भाईरस संक्रमित रहेको भएपनि तर थप आज एकजनालाई कोरोना भएको पुष्टि भएपछि सरकारले आश्वान गरेको लकडाउनलाई अटेरी गरी सडकमा विभिन्न सानाठुला सवारीसाधनहरुलाई आज प्रदेश नं.५ प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिउँसो २ वजे सम्म ४२५ वटा सवारीहरु नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै प्रदेश नं.५ प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता राम प्रकाश शाहका अनुसार उनीहरुलाई लकडाउनलाई अवेज्ञा गर्दै सडकमा सवारी चलाएको भन्दै नियन्त्रणमा लिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ