arrow

एनआरएनएले चीनबाट स्वास्थ्य सामग्री ल्याउने

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
nrna1.jpg

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल  सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा  कोरनोना विरुद्ध जुध्न घोषणा गरेको १ करोड सहयोगबाट सरकारलाई उक्त  स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो ।  

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण  र परीक्षण किट गैरआवासीय नेपाली संघले  चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ।

पन्तले  स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् ।  

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।  ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन्। नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए ।  

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ ।  

संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ