arrow

‘कोरोना मरी जा’ भन्ने क्रिश्चियन धर्म गुरु हिरासतमा, मुद्दा चलाउने तयारी

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
zss.JPG

कास्की।  केही दिन यता सामाजिक संजालमा एक जना पास्चर (क्रिश्चियन धर्म गुरु)को भिडियो भाईरल भएको छ । प्रभु यशुले कोरोना भगाउने र बिभिन्न रोग समेत निको पार्ने भनेर दिइको प्रवचन भाईरल भएको थियो । 

विश्वव्यापी रुपमा कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका उनलाई अफवाह फैलाएको आरोपमा पक्राउ गरि हिरासतमा राखिएको छ।

यति मात्र होईन उनले अरु कुनै भाषामा समेत केही शब्द बोलेर केही महिलालाई बोलाएर पायल्स समेत निको हुने बताएका छन् । यो कोरोना भाईरसले बिश्वव्यापी पारेको असरको बेला धर्म प्रचार भएको भन्दै कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ भने मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबबहादुर कार्कीले बताए । 

जुम्ला घर भएर हाल पोखरा महानगर–३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भिडियो भाईरल भएपछि सामाजिक संजालमै उनी अन्तरवार्तामा आएका थिए । कुनै धर्म बिरोधी कुरा नबोलेको र धर्म प्रचार नगरको भन्दै बाईबलकै कुराहरु आफूले बोलेको उनले दाबि गरेका थिए । 

जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले भ्रामक प्रचार गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै उनले अफवाह फैलाउने प्रवचन दिएका थिए। कतिपय रोग रुमाल हल्लाएर ठिक गर्ने भ्रम छरेका थिए । लामै प्रवचन दिएका आचार्यले भनेका थिए–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ