arrow

कोभिड–१९ : चार लाख ४० हजारमा सङ्क्रमण पुष्टि

इटलीमा छ हजार ८२० र  स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-worldwide.jpg

म्याड्रिड। कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ। विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्ममा १९ हजार ७ यस ४८ पुगेको छ।

सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ। भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ। 

सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा छ हजार ८२०, स्पेनमा तीन हजार ४३४ पुगेको छ भने चीनमा तीन हजार २८१ रहेको छ। चीनमा पछिल्ला केही हप्तादेखि नयाँ सङ्क्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ सङ्क्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले जनाएको छ।

सङ्क्रमणका कारण विरामी परेका चार लाख ४० हजार १४५ मध्ये एक लाख ११ हजार ९४२ जना निको भएर घर फर्केका छन्। त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ भने दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ।

युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ