arrow

लम्कीचुहा नगरपालिकाका विभिन्न वडामा ५ सय ८० बढी शैयाको क्वारेन्टाइनको व्यवस्था

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ चैत १२ बुधबार
kailali-quarantine.jpg

बौनिया। कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा क्वारेन्टाइन राखिएको छ। कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राखी संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो। भारत लगायत विभिन्न मुलुकबाट नेपालमा भित्रिने नागरिकको संख्या बढ्न थालेपछि स्वास्थ्य सुरक्षा सतर्कतामा विशेष जोड दिन थालिएको छ। मंगलबार र बुधबार गरि नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा ५ सय ८० बढी बेडको क्वारेन्टाइन राखिएको छ।

वडा नम्बर-६ मा वडा अध्यक्ष नेत्र सुनाखरीको पहलमा जनहित आधारभूत विद्यालय लोहरपुरमा ५० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ। कोरोना भाइरस संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन भन्दै क्वारेन्टाइनको व्यवस्था मिलाइएको स्थानीय सामाजिक अभियन्ता उदय भाटले जानकारी दिए। वडा नम्बर ६ मा रहेको मालिका पोलिक्लिनमा १२ शैयाको क्वारेन्टाइन सञ्चालन भएको छ।

कोरोना संक्रमणको विषम परिस्थितिमा वडाअध्यक्ष नेत्र मगरले प्रशंसनीय काम गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्। नगरपालिकाकै वडा नम्बर-१ मा रहेको लम्की बहुमुखी क्याम्पसमा १ सय शैयाको क्वारेन्टाइन राखिएको स्ववियु सभापति ललित जैशीले जानकारी दिए।

वडाअध्यक्ष जनकबहादुर बमको पहलमा ९ सदस्यीय कमिटी गठन गरि क्वारेन्टाइनको व्यवस्थापन गरिएको बताइएको छ।

भाइरस नियन्त्रण तथा रोकथाममा लागि तत्काल क्वारेन्टाइन संक्रमण आशंका भएकालाई राखेर चेकजाँच तथा निगरानी गरिने स्ववियु सभापति जैशीले बताए। वडा नम्बर-५ मा रहेको जनप्रभात मावि तिलकपुरमा क्वारेन्टाइन निर्माण गरि भारतबाट नेपाल आएका १८ जनालाई राखिएको छ।

वडा नम्बर-२  को राष्ट्रिय माध्यामिक विद्यालयमा १ सय, वडा नम्बर-३ को नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय चिसापानीमा ५० शैया, वडा नम्बर-८ को सर्वोदय माविमा १ सय, र वडा नम्बर  ९ को सरस्वती मावि प्रतापपुरमा १ सय शैया, वडा नम्बर-१० को नवजागृती माविमा ५० शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ